काठमाडौँमा मंगलबार राति अति भारी बर्षा, बाढीको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 09:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा मंगलबार राति अति भारि बर्षा भएको छ। उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतको बाढी पूर्वानुमान विभागले  काठमाण्डौको सुन्दरीजल र आसपास अति भारी बर्षा भएको जनाएको हो। विभागका अनुसार राति ९:३० देखि १ घण्टाको अवधिमा त्यसक्षेत्रमा ९० मि.मि. बर्षा मापन भएको छ ।

भारि बर्षाका कारण उपत्यकाको विष्णुमती, बागमती लगायतका नदीमा सतर्कता तह आसपासको बाढी आउन सक्ने विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा सतर्क रहन विभागले आग्रह गरेको छ।

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि देश भर बर्षा भईरहेको छ  ।  वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ । आज साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरुमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरुमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ । 

आज राति देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved