फाइल फोटो
अरुण नदीमा जिप खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।
जिपमा संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठ, उनका ३ वर्षीय बिरामी छोरा, उनकी श्रीमती सदीक्षा श्रेष्ठ सवार थिए। त्यस्तै चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता छन् । अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाको खोजि कार्य जारि छ ।