पुतली बगैंचामा बन्ने भयो संसद भवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 10:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । प्रधानमन्त्रीले बुधबार सिंहदरबार भित्रको पुतली बगैंचास्थित निर्माणस्थलमा पूजापाठसहित भवनको शिलान्यास गरेका हुन् । 

प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख  कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि शिलान्यासमा पुगेका थिए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको लागत भ्याटबाहेक ७ अर्ब रुपैयाँ अनुमान गरिएको छ । अहिले नयाँ बानेश्वरस्थित संसद भवन भाडाको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved