शेखर गोल्छालाई अध्यक्ष बनाउन पुर्व अध्यक्षहरु सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 12:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) मा ऐतिहासिक परिवर्तनको संकेत देखिएको छ। महासंघका पुर्व अध्यक्षहरुले महासंघमा ठुलै परिवर्तन ल्याउने गरि सुझाव दिएका छन।    

महासंघलाई आफ्नै निजि कम्पनी झैँ चलाउँदै आएको आरोप खेप्दै आएका पुर्व अध्यक्ष तथा महासंघको विशिष्ट सदस्यको 'उपमा' पाएका  चण्डिराज ढकाललाई महासंघको राजनीतिबाट हात धुन बाध्य पार्ने गरि पूर्व अध्यक्षहरुले सुझाव पेश गरेको पाइएको छ।

हालको कार्य समिति एवं विधान संसोधन समितिले विधानमा संसोधन गर्नुपर्ने विषयहरु समेटेर सुझाव पेश गर्न दिएको जिम्मेवारी अनुसारनै पुर्व अध्यक्षहरुको टिमले सामूहिक सुझाव पेश गरेको हो।   

कार्यसमितिमा नै उच्च मान र प्रतिष्ठा सहित विशिष्ट सदस्यभन्दै राखेको चण्डिराज ढकालको पद हटाउने सुझाव समितिले दिएको छ । सुझावको सबैभन्दा महत्वपूर्ण बुंदा नै यहि भएको एक पुर्व अध्यक्षले बताएका छन। 

त्यस्तै विवादको मूल कारण रहेको बरिष्ट उपाध्यक्षलाई स्वत अध्यक्ष बन्न दिने वा नदिने भन्ने विषयमा पूर्व अध्यक्षहरुले निकास दिएका छन। अघिल्लो वर्ष मात्र बनेको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान पनि परिवर्तन गर्न सकिने तर हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेपछि मात्र लागूहुने गरि संशोधन लागू गरिनुपर्ने गरि सुझाब पेश भएको छ।  

त्यस्तै अन्य सुझावमा विधान संशोधन गरेर छुट्टै परिषद बनाउनुपर्ने कुरा समेत उल्लेख छ। सल्लाहकार समितिलाई यस्तो परिषद्मा रुपान्तरण गरेपछि सम्पूर्ण पूर्व अध्यक्ष र निवर्तमान अध्यक्ष समेतलाई यसमा राख्न सुझाव दिईएको छ। यसोहुँदा अहिलेको जस्तो कार्य समितिले पुर्व अध्यक्षहरुलाई अपमान र उपेक्षा गर्न पाउने अवस्था नआउने उनीहरुको ठहर छ। 

फौजदारी अभियोग लागेको व्यक्तिलाई पनि महासंघको अध्यक्षको उमेदम्द्धारी दर्ता गर्न नदिने सुझाव अर्को बुंदामा छ। सम्पूर्ण पुर्व अध्यक्षहरुको हस्ताक्षर रहेको सो सुझावपत्रमा राज्यको संघिय संरचना बमोजिम सातै प्रदेशका अध्यक्षहरुलाई केन्द्रिय कार्यसमितिको उपाध्यक्षको दर्जा दिनुपर्ने कुरा समेत समेटिएको छ ।

आउँदो कार्तिक महिनामा विधान संशोधनको लागि महासंघको विशेष साधारणसभा बोलाउने तयारी भैरहेको छ। सो मार्फत हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अबको अध्यक्ष बन्न नदिनेगरी बिधान संसोधनको योजनामा ढकाल रहेका छन। तर अहिले पुर्व अध्यक्षहरुले दिएको सुझाबले ढकालको योजना विफल हुने देखिन्छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved