विश्वका समस्या विश्वलाई थाहा दिन ‘सगरमाथा संवाद’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 02:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका समस्या विश्वभरमा पुर्याउन र समाधानका पाय पहिल्याउन ‘सगरमाथा संवाद’ नामक अन्तर्राष्ट्रियस्तरको मञ्‍च स्थापना गरिएको बताएका छन् । विश्व शान्ति स्थापनामा नेपालको योगदान, शान्ति प्रक्रियामा नेपालको मौलिक अनुभव, प्राकृतिक विपत्तिपश्चात नेपालले पुननिर्माणमा दिएको तीव्रता लगायतका पक्षलाई देखाउन  ‘सगरमाथा संवाद’ को सुरुवात गरिएको बताए ।

‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीको उद्घाटन गर्दै उनले प्रत्येक २÷२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रमअन्तर्गत यस वर्ष जलवायु परिवर्तनको विषयमा छलफल गरिने बताए । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनले विश्वमा पारेको असर र यसलाई न्यूनीकरण गर्न विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’मा यही विषयमा छलफल गर्न लागिएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved