यात्रु ठग्ने सवारी साधनलाई ‘अन द स्पट’ कारबाही !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 08:45:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लामो तथा छोटो दूरीका सवारी साधनको अनुगमन सुरु गरेको छ । चाडपर्वका समयममा यात्रु ठगीन पर्न सक्ने खतरा रहेको भन्दै यस्तो हुन नदिन सरकारले अनुगमन थालेको हो । 

यातायात व्यवस्था विभागले राजधानीको कलंकी, नयाँ बसपार्क, माछापोखरी, पूरानो बसपार्क, चाबहिल, कोटेश्वर, बल्खुसहित राजधानीबाट बाहिरिने सवारीको चाप हुने स्थानमा अनुगमन सुरु गरेको हो । अनुगमन गर्न विभागले ६ वटा घुम्ती टोली बनाएको छ । टोलीमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी संघका प्रतिनिधि छन् ।    

विभागका महानिर्देशन गोगनबहादुर हमालका अनुसार टिकट काउण्टरदेखि यात्रु बस चढ्ने स्थानसम्म अनुगमन गरिने छ । राजधानीमा मात्रै नभई प्रदेश र स्थानीय सरकारसहित विभिन्न स्थानमा रहेका यातायात कार्यलयसँग मिलेर विभागले मुलुकभर अनुगमन गर्ने योजना बनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ ओटै स्थानीय तहमा पत्रचार गरिएको छ ।

वडादशैँको फूलपातीसम्म राजधानीबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved