प्रधानमन्त्रीले देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 12:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ । संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमबाटै प्रधानमन्त्रीले भोली शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबारको सम्बोधन रोकिएको हो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले भोली शुक्रबार संविधान दिवसकै दिन देशवासीका नाममा नै सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने, सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved