संविधान दिवसको अवसरमा पार्कमा घुम्दा पैसा नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 02:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्कमा निशुल्क घुम्न सकिने व्यवस्था गरेको छ । महानगरले आज बिहिबारदेखी ४ गतेसम्म काठमाडौंको रत्नपार्क र बालजुपार्कमा घुम्न पैसा तिर्न नपर्ने व्यवस्था गरेको छ । 

बालाजु स्थित बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि २५ रुपैयाँ शुल्क लाग्दै आएको थियो । यसअघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले संविधान दिवसको बिदा पार्कमा घुम्न जान दिईएको नभई संविधान निर्माणको उपलक्ष्यमा हर्षोल्लास मनाउन दिईएको बताएका थिए । 

संविधान दिवसको अवसरमा महानगरले महानगरबासीलाई आफ्नो घरमा ४×३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved