संविधान दिवसमा २६० कैदीको सजाय कट्टा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 09:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा २६० जना कैदी–बन्दीको कैद सजाय कट्टा गरेकी छिन् । यो अवसरमा २२ जनाले माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने प्रावधान छ । सोही प्रावधानअनुसार राष्ट्रपति भण्डारीले विभिन्न कारागारमा कैद सजाय भूक्तान गरिरहेका २६० को कैद कट्टा गरेकी हुन् ।

संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved