एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेद्वारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 11:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौँबाट सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गरेका हुन् । 

पन्तले संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गरेका छन् । उनले पूर्व अध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेण्डा रहेको बताएका छन् । 

हाल पन्त एनआरएनएको अन्तराष्ट्रिय उपाध्यक्षको दोस्रो कार्यकालमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved