संविधान दिवसको कार्यक्रममा हेर्न पुगेका सर्वसाधरणलाई लखेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 11:47:58 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण बाहिरैबाट लखेटिएका छन् । कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिरबाटै कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले हटाएका हुन् । 

संविधान दिवसमा हर्षोल्लास गर्न भनेर सरकारले उर्दी जारी गरेपनि कार्यक्रमस्थलमा प्रवेश नदिएको र बाहिरैबाट हेरिरहेकालाई पनि हटाएको भन्दै उनीहरुले दुख व्यक्त गरेका छन् । सर्वसाधरणलाई मुख्य कार्यक्रम हेर्न रोकेपछि टुँडिखेल पुगेका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved