संविधान दिवसः हेलिकोप्टरबाट पुष्पवृष्टिदेखी, भ्रमण वर्षको प्रचारसम्म (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 12:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आज चौँथो संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइएको छ । संघिय सरकारले राजधानीको सैनिक मञ्च टुँडिखेलमा र सातै प्रदेशका सरकारले विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । 

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र फराकिलो भएको भन्दै अतिवादी सोच र संस्थालाई मूल धारमा फर्काउन सरकार सफल भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायधिश चोलेन्द्र समशेर जबरासहित सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरेको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचार गरिएको छ । 

हेर्नुहोस् फोटोफिचरः 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved