विश्व कै अग्लो भवनमा नेपालको झण्डा फहराइने भएको छ । युएई स्थित बुर्ज खालिफा भवनमा पालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइने भएको हो ।
आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार आज शुक्रबार बेलुका स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा पहिलो पटक नेपालको झण्डा फहराउन लागिएको हो ।
बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिएको थियो।