दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 08:11:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज आइतबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । दशैँमा राजधानी बाहिरिने सर्वसाधारणलाई लक्षित गरि यातायात व्यवस्था विभागले यातायात व्यवसायी महासंघसँगको सहकार्यमा आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । 

टिकट बुकिङ खुला गरेपछि टिकट काउन्टरमा भीड बढेको छ । लामो दुरीका सवारीको प्रस्थानस्थल नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, गौशाला,  चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेललगायतका स्थानमा रहेका टिकट काउन्टरमा भीड बढेको छ । यवर्षको दशैंमा करिब ३५ लाख सर्वसाधारण राजधानीबाट बाहिरिने अनुमान गरिएको छ । टिक काट्न काउण्टर पुगेका यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved