आन्दोलनरत प्राविधिकहरु प्रहरीको नियन्त्रणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 10:43:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कोटा खारेजको विरोधमा आन्दोलनमा उत्रिएका पशु तथा कृषि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोटाको निरन्तरताको माग गर्दै पशु विभाग परिसरमा धर्नामा बसेका करिब ६ सय प्राविधिकमध्ये ३ सयलाई प्रहरीले नियन्त्रणमा लिएर जाउलाखेलमा राखेको आन्दोलनकर्ताले बताएका छन् । 

सरकारले २ महिना काम लगाएर तलब नदिएको र तलब रोकेरै कोटा खारेज गरेको भन्दै पशु तथा कृषि प्राविधिकहरुले हिजो आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । घोषित कार्यक्रम अनुसार आफूहरु विभागमा धर्ना दिन पुगेका बेला प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लगाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved