सुपथ मूल्य पसलमा के किन्दा कति सहुलियत ? (भिडियो सहित )

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 02:09:01 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार र छठ पर्वका लागि सरकारले विभिन्न स्थानमा ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थानले पसल सञ्चालन गरिरहेका गरिरहेको जनाएको छ । यी मध्ये काठमाडौंमा ३ वटा घुम्ती पसल छन् । 

वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गरेका छन् । 

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले उपत्यकामा १२ वटा पसल सञ्चालन गरेको छ । उपत्यका बाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गरिरहेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ र बाहिर १८ वटा पसल सञ्चालन गरेको छ । दुग्ध विकास संस्थानले काठमाडौंमा ४ र काठमाडौं बाहिर ११ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । यसपटक भदौ २३ गते देखि कात्तिक १६ गतेसम्म सहुलियत पसल सञ्चालन हुनेछन् । 

के सामानमा कति छुट ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved