नवलपरासीमा दुर्घटनामा, ६ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 05:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । घाइतेको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ । रातिको समयमा तीन स्थानमा दुर्घटना भएकाले कतिपय आफैँ उपचारमा गएको हुनसक्ने भएकाले घाइतेको विवरण बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोमबार राति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक अधिकारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृत्यु हुने पाँचै जनाकोे नाम ठेगाना अझै खुल्न सकेको छैन ।

त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडाँैका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार चारको नवलपुर अस्पताल, एकको कालीगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा सल्यान कालीमाटी–४ बस्ने २७ वर्षीय रामबहादुर भोली, सलेस्वरी–१ का २३ वर्षीय रोहित चन्द, सुनसरी इनरुवा–१० का २५ वर्षीय रिजवार आलम, रोल्पा (पश्चिम) गङ्गादेव– ६ का ५६ वर्षीय नवलसिंह ओली, नवलपरासीपूर्व विनयत्रिवेणी– १ का ४१ वर्षीय नरबहादुर श्रेष्ठ, रुकुमपूर्व भुमे–८ का ३४ वर्षीय प्रेमबहादुर बुद्ध, दाङ तुलसीपुर–१४ का बसका सहचालक १९ वर्षीय सुजन बुढाथोकी, गुल्मी दरबडी–५ का ४५ वर्षीय जगदीश अर्याल, दाङ तुलसीपुर–१ का ३३ वर्षीय प्रेम भुषाल, सल्यान कपुरकोट–४ का २७ वर्षीय दीपक पुन, सल्यान कालिमाटी–४ का २० वर्षीय प्रकाश केसी, कालिमाटी–४ का ३५ वर्षीय लेखराज केसी, सल्यान कपुरकोट–३ का ४२ वर्षीय दलबहादुर ओली, दाङ तुलसीपुर–५ का ४० वर्षीया दुर्गा परियार र सोही स्थान बस्ने २४ वर्षीया कल्पना परियार रहेको प्रहरीले जनाएको छ । बसमा कति सवार रहेका थिए भन्ने अझै यकिन हुनसकेको छैन ।

यस्तै आज बिहान ४ः४० बजे मध्यविन्दु नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा पाँच घाइते भएका छन् । सुर्खेतबाट काठमाडाँैका लागि छुटेको ना४ख ९५१० नंको बस आफँै अनियन्त्रित भएर पल्टिँदा पाँच घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ । बसमा करीब २५ यात्रु सवार रहेका थिए । कतिपय घाइते आफँै उपचारका लागि गएको हुनसक्ने भएकाले घाइतेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved