काठमाडौँमा गोली हानेर राँगो ढालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 08:13:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा मासुको प्रयोजनका लागि तराईबाट ल्याइएको राँगो फुत्केर बितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । आज बिहान करिब ४ बजेतिर स्वयम्भू क्षेत्रबाट फुत्केर मान्छेलाई हान्दै न्युरोडसम्म आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार करिब ६ः३० बजेतिर न्युरोड पुगेको राँगोलाई गोली हानिएको हो । 

महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार राँगोले हानेर ३ जनालाई घाइते बनाएको छ । उनीहरुको बीर अस्पतालमा उपचार भईरहेको छ । राँगाले एउटा ट्याक्सीमा समेत क्षति पुर्याएको छ । 

स्वयम्भूबाट भागेको राँगो कालिमाटी आइपुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved