अर्थतन्त्रमा सुधारको संकेत, आयात घट्दा निर्यात बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 04:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिनामा अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवदेन सार्वजनिक गर्दै निर्यातको वृद्धिदर बढेको र आयातको वृद्धिदर घटेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ११.५ प्रतिशतले घट्दा निर्यात २७।७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात ५४.३ प्रतिशतले वृद्धि हुँदा निर्यात ३.२ प्रतिशतले मात्रै वृद्धि भएको थियो । 

गत आर्थिक वर्षमा ऋणात्मक रहेको सोधनान्तर स्थिती (भुक्तानी सन्तुलन) पनि चालु आर्थिक वर्षको पहिलो महिनामै नाफामा गएको छ । १० वर्ष पछि गत आर्थिक वर्षमा वार्षिक रुपमा सोधनान्तर स्थिती ६७ अर्ब भन्दा माथिले घाटामा थियो । तर अहिले ६ अर्ब ५ करोडले नाफामा गएको छ । 

भुक्तानी सन्तुलना नाफामा जाँदा त्यसको सकारात्मक प्रभाव विदेशी विनीमय संचितिमा पनि देखिएको छ । गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको विदेशी विनीमय संचिति साउन मसान्तसम्म आइपुग्दा करिब २६ अर्बले बढेर १० खर्ब ६४ अर्ब ६४ करोड पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०।२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved