डिडिसीका तत्कालीन महा–प्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 06:42:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूग्ध विकास संस्थान (डिडिसी)का तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्‍वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकारविरुद्ध आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । 

संस्थानकै तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी विरुद्ध पनि मुद्दा दर्ता भएको छ । 

दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेशका संचालक फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का र तत्कालीन सञ्चालक सतिस कुमार गिरी विरूद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।

संस्थानलाई हानि पुर्याउने नियतले २०६९ माघ २२ को सम्झौतामा उल्लेखित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved