धुनषामा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 07:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

लुटेराहरुको समुहलाई नियन्त्रणमा लिन धुनषामा प्रहरीले गोली चलाएको छ। प्रहरीले जानकी उपमहानरपालिका २ मा बिहीबार बिहान लुटपाट गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न गोली चलाएको हो ।

गोली प्रहार गरेर प्रहरीले ४ जना लुटेरा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटका विनोद प्रसाद सिंह, रौतहट कै  गगन पटेल, भारत सितामढीका मोहम्मद अलिया र सितामढी कै मुजिर अन्सारी रहेका छन्।  प्रहरीको गोली लागेर सिंह घाइते समेत भएका छन् ।

जानकी उपहानगरपालिका २ मा रहेको जानकी फर्निसङिमा ताला फोडेर लुट्दै गरेको अवस्थामा दशैंको सुरक्षाका लागि परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई थान गोली पनि बरामद गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved