दशैँको लागि नयाँ नोट सटही शुरु, कहाँ कहाँ बाट पाइन्छ ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 05:57:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज असोज १० गते देखि दशैँको लागि नयाँ नोट सटही गर्न लागेको छ ।  राष्ट्र बैंकले देशका विभिन्न स्थानबाट नोट सतहीको ब्यबस्था मिलाएको छ । 

बैंकका अनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० को एक एक पाकेट गरि कुल १८ हजार ५ सयको नोट साट्न सक्ने छ । त्यो भन्दा बढी नोट चाहनेलाई सुकिला नोट दिईने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकबाट पनि सुकिलो नोट साथै सिमित मात्रमा नयाँ नोट साट्न सकिने राष्ट बैंकले जनाएको छ । 

यस्ता छन् नयाँ नोट साट्न पाइने स्थान : 

राष्ट्र बैंकको वालुवाटार कार्यालय । 

नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, लाजिम्पाट र भक्तपुर शाखाबाट । 

राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार परिसरको कार्यालय र टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट । 

कृषि विकास बैंकको गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा बाट । 

उपत्यका बाहिर : राष्ट्र बैंकको कार्यालय विराटनगर, जनकपुर, बिरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय । 

साथै राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिला नोट र सिमित मात्रामा नयाँ नोट साट्न सकिने प्रष्ट पारेको छ । राष्ट्र बैंकले यो पटक कारोब १३ अर्बको नयाँ नोट सतही गर्न लागेको हो  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved