नागढुंगामा अत्यासलाग्दो जाम, बाटो मै बिरामीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 07:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नौबिसे–नागढुंगा सडक खण्डमा धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुन थालेको छ । दशैँको चाप सुरु हुन् लाग्दा सडक मर्मतको काम बल्ल सुरु गरेपछि सडकमा लामो जाम देखिन थालेको हो ।

गत असारमै सक्नुपर्ने यो काम बल्ल सुरु भएको हो । मर्मतको कार्य सुरु भएको , दशैँको समयमा गाडीको चहल पहल बढेको र मालसामान लिएर ठुला ट्रक राजधानी भित्रिने गरेकोले जाम बढेको हो । दशैंको मुखमा जाम हुँदा काठमाडौंको नागढुंगा छिचोलेर गल्छी पुग्न मात्रै सवारीले ८ घण्टा लाग्न थालेको छ । ब्यापक सवारी जाम हुँदा यात्रुले सास्ती पाउन थालेका छन् भने बाटोमा फसेका बिरामीको मृत्यु समेत हुन् थालेको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।

अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved