दशैँमा मालबाहक सवारी साधनलाई काठमाडौँ प्रवेशमा रोक लगाईने भएको छ । यातायात व्यवस्थापन गर्न भन्दै यातायात व्यवस्था विभागले असोज १२ आइतबार घटस्थापनाको दिनदेखि १८ गते फुलपातीसम्म चितवनको नारायणगढदेखी काठमाडौसम्म ठूला १० चक्के सवारीलाई प्रवेशमा रोक लगाउने भएको हो ।
दैनिक उपभोग्य बस्त, लताकपडा, औषधी, तरकारी, मासु लगायत तत्कालै सकिने सामाग्री बोकेका सवारी साधन भने चल्न पाउने छन् । विभागले राजधानी काठमाडौँबाट दशैँको समयमा बाहिरिने यात्रुको संख्या धेरै भएको र पृथ्वी राजमार्गमा घण्टौ सवारी जाम भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको जनाएको छ ।