गृहमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 10:24:37 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा (बादल) सवार हेलिकप्टर आकस्मिक अवतरण भएको छ । प्रतिकुल मौसमको कारण मन्त्री थापा सवार हेलिकप्टर रामेछापको मन्थली बिमानस्थलमा आकस्मिक अवतरण गराईएको हो । 

उनी सवार नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मन्थलीमा अवतरण भएको हो । सिन्धुली हुँदै जनकपुर जाँदै गरेको हेलिकप्टर मौसमको खराबीका कारण रामेछापमा ल्याईएको हो । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई पनि थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved