जापानबाट भरिएर निगमको जहाज काठमाडौँ आएपछि........

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 08:40:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको जहाज जापानको नारिता र काठमाडौँ उडानमा पूरै सिट भरिएर आईपुगेको छ । ट्राभल एजेन्सीले काठमाडौं–नारिता चार्टर उडानमा जहाजको पूरै सिट भरेको हो । सुमेघ टुर्स एण्ड ट्राभलले शुक्रबार चार्टर गरेको निगमको वाइडबडी ३३०–३०० जहाजको नारिता–काठमाडौं उडानमा २७४ वटै सिट भरिएको हो । 

सुमेघ ट्राभल धेरै टिकट बिक्री गरेर अवार्ड पाइसकेको ट्राभल एजेन्सी हो । एजेन्सीले पहिलो चार्टर उडानमा नै सबै टिकट बिक्री गर्न सफल भएको हो । कम्पनीका अनुसार बिहीबार काठमाडौंबाट नारिता जाने यात्रुको संख्या जम्मा ७७ जना रहेको थियो । तर फर्किदा पूरै सिट भरिएको हो । 

नारिता–काठमाडौं दोस्रो चार्टर उडान पनि हुँदैछ । उक्त चार्टर उडानका लागि पनि नारिताबाट काठमाडौँ आउन पूरै सिटको लागि टिकट बुकिङ भइसकेको छ । सुमेघ ट्राभल र निगमबीच काठमाडौं–नारिता–काठमाडौं चार्टर उडानका लागि सम्झौता भएको थियो ।

नियमित उडानमा जहिल्यै रित्तै जस्तो उड्ने जहाज यात्रुले भरिएर फर्किदा निगमका कर्मचारी दंग परेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved