सरकारी अनुगमन टोली आई पुगेको थाहा पाएपछि राजधानीको बालाजुमा भागाभाग भएको छ । वाणिज्य तथा आपुर्ति विभागको अनुगमन टोली बालाजुको बिजी मलमा पुगेपछि व्यापारीहरु पसल बन्द गरेर भागेका हुन् । आज वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचन सहितको टोली बिजी मलमा अनुगमन गर्न पगेको थियो ।
अनुगमन गर्न पुगेको टोलीले पसल अनुगमन गर्न नपाएपछि विभगाले व्यवसायीहरुलाई विभागले स्पष्टीकरण माग गरेको छ । विभागले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।