रेणु दाहाललाई गाली गर्नेविरुद्ध उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 05:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ । मेयर दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध महानगरले जाहेरी दिएको हो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दिएको हो । मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि सामाजिक सञ्जालमा दाहालमाथि चरित्र हत्या हुने गरी प्रचार भएपछि जाहेरी दर्ता भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved