चाडपर्वको मुखमा नेपाली भान्सा झनै महँगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 12:08:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको मुखमा नेपाली  भान्सा झनै महँगो हुने भएको छ। भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चाडपर्वको मुखमा नेपाली भान्सा महँगो हुने भएको हो।

प्याजको मुल्य वृद्धि रोक्नलाई भारतस्थित उद्योग वाणिज्य मन्त्रालयले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको 'टाइम्स अफ इन्डिया' ले लेखेको छ। आन्तरिक मागलाई सन्तुलन गरि मुल्य वृद्धि रोक्नलाई प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाइएको छ।

१५ दिनअघि मात्रै महाराष्ट्र र कर्नाटकमा आएको बाढीका कारण आन्तरिक बजारमा प्याजको मूल्य सन्तुलन गर्न भारतको केन्द्र सरकारले प्याजको न्युनतम निर्यात मूल्य ८ सय ५० डलर प्रति टन तोकेको थियो । 

भारतले आन्तरिक माग सन्तुलनका लागि इजिप्ट र अफगानिस्तानबाट प्याज आयात गर्ने निर्णय गरेको छ। बंगलादेश, श्रिलंका र बेलायत भारतीय प्याजको मुख्य ३ आयातकर्ता हुन। 

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगायपछि नेपालमा प्याजको मुल्य बढ्न देखिएको छ। नेपाली बजारमा प्रति केजी १२० रुपैयाँ भन्दा बढी मुल्यमा बिक्रि भईरहेको प्याज भारतीय बजारमा प्रति केजी भारु ८० रुपियाँमा बिक्रि भईरहेको छ। आइतबार मात्रै १०५ रुपैयाँ रहेको प्याज नेपाली बजारमा प्रति केजी १३५ रुपैयाँमा बिक्रि भईरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved