प्रधानमन्त्री ओलीको घोषणा: नेपाल खुला दिसामुक्त भयो, अब भिखारी मुक्त बनाउछौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 01:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विश्वकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाललाई  खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। 

खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु देशव्यापी रुपमा खुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ। 

यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा नेपालले निकै ठूलो उपलब्धि हासिल गरेको खानेपानी मन्त्रालयले  बताएको छ। खुला दिसामुक्त राष्ट्रको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‍ओलीले अब नेपाल एक दिन एक कदम अगाडि हुने अभियानमा लाग्ने बताए। 'सडक मानवसहित भिखारी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा अब हामी लाग्छाैं', उनले भने,'अब यहाँ कोही पनि भोकै मर्नु पर्दैन।' 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved