प्रहरीले बैंकका सीईओलाई भन्यो, ‘सुरक्षामा चनाखो बन्नुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 02:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक र बैंकका एटिएम ह्याकका घटना बढेपछि प्रहरीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले ३१ ओटा बैंकका सिईओलाई बोलाएरै छलफल गरेको होे ।

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा बढिरहेको अपराधका सम्बन्धमा बैंकको डिजिटल प्रणालीको सुधार र भौतिक सुरक्षाका विषयमा छलफल भएको हो । एसएसपी थापाले बैंकको समग्र प्रणाली र बैंकले विभिन्न स्थानमा सञ्चालनमा ल्याएका एटिएम बुथको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । 

चाडपर्वको समयमा बैंकको सुरक्षा चूनौती संवेदनशील हुने भएकाले यसतर्फ सचेत रहन प्रहरीले बैंकहरुलाई सुझाव दिएको छ । महाशाखाले सुरक्षामा सतर्कता अपनाउन र कही कतै शंकास्पद गतिविधि भए तत्काल सूचना दिन पनि आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved