बलात्कारको आरोप लागेका महराले भने, ‘सँगै बसेर रक्सी मात्रै खाएको हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 07:56:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफूमाथि आरोप लगाउने महिलासँग बसेर रक्सी खाएको स्वीकार गरेका छन् । तर महराको सचिवालयले जारी गरेको विज्ञप्तिमा भने महरा बलात्कार भएको भनिएको दिन मरहा कतै ननिस्किएको दाबी गरेको थियो । 

सचिवालयले जारी गरेको विज्ञप्तिमा बलात्कार भएको भनिएको दिन आइतबार सभामुख महरा दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको अन्यत्र नगएको दाबी गरिएको छ ।

तर सभामुख महराले आफू त्यहाँ गएको र ती महिलासँग बसेर रक्सी खाएको स्वीकार गरेका छन् । महराले आफू महिलाको निवासमा गएको तर विभिन्न सञ्चार माध्यममा आएजस्तो घटना नभएको भनेका छन् । 

सभाुमख महराले ती महिलासँग आफ्नो पुरानो चिनजान रहेको पनि स्वीकार गरेका छन् । उनले ती महिलासँग आउजाउ हुनेगरेको र आफ्नी साथीसँगै विद्यार्थी भएको बताएका छन् । भिडियोमा महराले शरीरमा निलडाम हुने गरि कुटपिट समेत गरेको भनिएपनि उनले उक्त कुरा पहिलाको हुनसक्ने तर आइतबार त्यसो नगरेको बताएका छन् । 

ती महिलाले पनि पटक पटक उनले करणीको प्रयास गरेको आरोप लगाएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved