महरा प्रकरण अनुसन्धान गर्न टोली गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 04:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान सभामुख कृष्ण बहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाहीबिच भएको भनिएको घटनाक्रम अनुसन्धान गर्न टोली गठन भएको छ महरा प्रकरण अनुसन्धान गर्न टोली गठन ।  राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार यस सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्न आयोगको निर्देशकको नेतृत्वमा ३ सदस्यीय उच्च स्तरिय अनुगमन टोली गठन गरेको हो।

आयोगले  शुक्रबार नै नेपाल प्रहरीलाई पत्राचार गरी उक्त घटनाका सम्बन्धमा प्रहरीले हालसम्म गरेका कामकारबाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्थाबारे जानकारी माग गरेको छ ।

आयोगले टोलीका सदस्यको नाम खुलाएको छैन ।  तर टोलीले घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको आयोगका सचिव वेद भट्टराईले बताएका छन् ।

शाहीले महरामाथि बलात्कारको आरोप लगाएपछि महराले राजिनामा दिएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved