गृहमन्त्री थापाले लिए महरा प्रकरणको रिपोर्टिंङ, कहाँ पुग्यो पक्राउ प्रकृया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 06:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कृष्ण बहादुर महरामाथी अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि गृह मन्त्रालय 'एक्सन' लिन बाध्य भएको छ। चौतर्फी दबाबबढेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आईजीपीसहितको बैठकमा महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका छन। 

गृहमन्त्री थापाले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताएका छन। कसैसंग नडराई निष्पक्ष अनुसन्धान गर्नलाई गृहमन्त्री थापाले निर्देशन दिएको ति प्रहरी अधिकारिले बताएका छन। 

शुक्रबार बिहान आईजीपीसहितको बैठकमा महरा प्रकरणबारे गृहमन्त्री थापाले दिएको निर्देशनपछि नै पिडित भनिएकी रोशनी शाही श्रीमान  चित्रजंग शाहीसहित नयाँ बानेश्वर वृत्तमा पुगेको स्रोत बताउँछ। रोशनीले उजुरी दर्ता गराएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको बताइएको छ।

आइतबार (भोलि) अदालतबाट पक्राउ पुर्जी लिने प्रहरीको तयारी छ। पीडितको जाहेरी आइसकेकाले पक्राउ गरेरै अनुसन्धान प्रक्रिया अगाडि बढ्नेछ। 'अहिले अदालत बिदा छ, उहाँलाई अदालतबाट पक्राउ आदेश लिएर पक्रने वा जरुरि पक्राउ पुर्जी दिएर पक्राउ गर्ने भन्ने बिषय अझौँ टुंगो लागेको छैन' प्रहरीका उच्च अधिकारिले भने।  

पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन। रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी बताइएको छ। गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।

         



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved