महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति, आजै पक्राउको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2019 | 02:21:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला अदालत काठमाडौंले सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ। यौन दुर्व्यवहारको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो। यससँगै सभामुख पदबाट निर्वतमान भएका महरालाई पक्राउ गरेर अनुसन्धान गर्नलाई प्रहरीलाई बाटो खुलेको छ। उच्च स्रोतका अनुसार अदालतको आदेश बमोजिम महरालाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ। यद्दपी महरालाई पक्राउ गर्नुपूर्व संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो। जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो।

शुक्रबार बिहान आईजीपीसहितको बैठकमा महरा प्रकरणबारे गृहमन्त्री रामबहादुर थापाले दिएको निर्देशनपछि नै पिडित भनिएकी रोशनी शाही श्रीमान चित्रजंग शाहीसहित नयाँ बानेश्वर वृत्तमा पुगेको स्रोत बताउँछ।  

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । जाहेरी आएपछी प्रहरीले पीडित शाहीको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दा को प्रक्रिया अगाडी बढाएको थियो। बलात्कार जस्तो गम्भीर आरोप लागेपछि पार्टीको निर्देशन बमोजिम महराले गत सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसबेला उनले आफू पीडितको कोठामा नगएको दाबी गर्दै आएका छन्। 

पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन। गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved