चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आउने, दुई दिने 'भ्रमण तालिका' सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2019 | 09:09:42 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति सार्वजनिक भएको छ। उनि आगामी शनिबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउने भएका छन् ।

राष्ट्रपति सी जिनपिङ अक्टुबर १२ अर्थात शनिबार काठमाडौँ आउने र आइतबार फर्किने मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

सीले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सीले चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीसँग दुई पक्षीय उच्च स्तरीय छलफल गर्ने भएका छन् । छलफल पछि दुई पक्षीय सम्झौता र एमओयुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् । 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved