बस दुर्घटनामा ९ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 09:52:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रावती गाउँपालिकास्थित सिपाटारबाट काभ्रेपलाञ्चोकको बनेपा हिडेको ना २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा कयौ यात्रु घाइते भएका छन् ।

बस सडकबाट ४० मिटर तल खसेको छ । बसमा ८० भन्दा धेरै यात्रु सवार रहेको अनुमान गरिएको छ । हालसम्म ९ वटा शव भेटिएको छ । ५ दर्जन बढी घाइतेलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ । घाइतेको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved