‘सी’को नेपाल भ्रमणः साढे ५ घण्टा विमानस्थल बन्द, ८७ उडान प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 07:25:43 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विमानस्थलमा उडान तथा अवतरण बन्द हुँदा विभिन्न कम्पनीको निर्धारित उडान तालिका पछाडि सारिएको छ ।

भीभीआईपी सवारीको अवधिमा आज शनिबार र भोलि आइतबार विमान अवतरण तथा उडान केही घण्टा स्थगित गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । विमानस्थल स्रोतका अनुसार शनिबार दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म नोटाम जारी गरिएको छ । 

शनिबार ३३ वटा उडान तालिका परिवर्तन गरिएका छन् । तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

चिनियाँ राष्ट्रपति सी फर्किने दिन आइतबार बिहान पनि ११ः२० देखि १ः५० बजेसम्म अन्तराष्ट्रिय उडान प्रभावित हुनेछ । आइतबार ५४ विमानको उडान प्रभावित हुने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved