रोशनी शाहीको नयाँ विज्ञप्ति: महरा निर्दोष, प्रहरीले दबाब दिएर जाहेरी दिन लगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 09:58:19 AM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले आफूलाई बन्धक बनाएर जाहेरी दिन लगाएको आरोप लगाएकी छिन्। शाहीले फेरी अर्को नयाँ बिज्ञप्ती सार्वजनिक गर्दै हरीले बन्धक बनाएर किटानी जाहेरी दर्ता गर्न लगाएको आरोप लगाएकी छन।   

असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य बताउँदै असोज १२ गते महरा आफ्नो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै नभएको र महरा निर्दोष भएको उल्लेख गरेको निवेदन दर्ता गराएको भएपनि असोज १७ गते करिब ८ः४५ बजे प्रहरी वृत्त बानेश्वरले सोधपुछका लागि भनेर बोलाई ९ घन्टा बन्धक बनाएको शाहीको आरोप छ ।

‘९ घन्टासम्म बन्ध बनाइ मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको भनि पुन: निवेदन दर्ता गर्न लगाइएको हो’ विज्ञप्तिमा शाहीले लेखेकी छिन, ‘सत्य तथ्य निवेदन मैले १५ गते दर्ता गराएको नै हो । सत्य तथ्य जानकारी गराउन पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि देशैंको कारण सम्भव भएन ।’

१९ गते पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि प्रहरीको कडा निगरानीका कारण सम्भव नभएको उनको भनाइ छ ।आफ्नो शारीरिक अवस्थाको फाइदा उठाउँदै आफू एक्लै भएको बेलामा जबरजस्ती कोठामा आइ अन्तर्वार्ता लिइएको र अनुमति विना सामाजिक सञ्जालमा राखेर बेइजत गर्ने कार्य गरेको भन्दै पत्रकारमाथि पनि आक्रोश पोखेकी छिन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved