राष्ट्रपति सी चेन्नईबाट काठमाण्डौ प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 12:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका राष्ट्रपति सी जिनफिंङ भारतको चेन्नईबाट काठमाण्डौ प्रस्थान गरेका छन। दुई दिने राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति सी आज दिउँसो बजे चेन्नईबाट काठमान्डौ प्रस्थान गरेका हुन। 

सी बिशेष बिमानबाट आज अपरान्ह साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन। सि लाई राष्ट्रपति बिद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ। 

राष्ट्रपति सी शुक्रबार नै भारत भ्रमणमा गएका थिए। उनि विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जीएछि सहित ९० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्त्व गर्दै भारत पुगेका हुन। 

सी २३ बर्षको अन्तरालमा नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपतिको रुपमा नेपाल आउँन लागेका हुन्। य्सघी सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए। सी को नेपाल भ्रमणको क्रममा 'बेल्ट एण्ड रोड इनिएसिटिभ, (बिआरआई)' परियोजना अन्तर्गत बिभिन्न परियोजनामा सम्झौता हुनेछ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved