प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ पक्राउ, गुम्बाहरुमा प्रहरी तैनाथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 01:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। 

काठमाडौंको वौद्ध, स्वयम्भु लगायतको स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे। प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए। 

'पक्राउ गरिएकाहरुबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ’ उनले भने,'त्यस्तै उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ, फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ परेका छन।' पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाथी बढेको छ। फ्रि तिब्बतको प्रदर्शन हुन सक्ने भन्दै ती गुम्बाहरुमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

 फाइल फोटो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved