काठमाडौँ ओर्लिए चिनियाँ राष्ट्रपति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 02:20:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन्। दुई दिने राजकीय भ्रमणका लागि शनिबार साँझ साढे ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन्। राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन्।

स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ।सी २३ बर्षको अन्तरालमा नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपतिको रुपमा नेपाल आएका हुन्। य्सघी सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए। सी को नेपाल भ्रमणको क्रममा 'बेल्ट एण्ड रोड इनिएसिटिभ, (बिआरआई)' परियोजना अन्तर्गत बिभिन्न परियोजनामा सम्झौता हुनेछ।    

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

शनिबार

अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर

दिउँसो १२ः३० बजे स्वदेश फिर्ता 


फाइल फोटो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved