चिनियाँ राष्ट्रपतिको पहिलो राजनीतिक भेटघाट कांग्रेस सभापति देउवासँग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 02:33:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी चिनपिङले राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सीले एक्लाएक्लै भेटवार्ता गर्नेछन्।

राष्ट्रपति सीले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दलका नेता तथा सभापति देउवाबाट सुरु गर्नेे देउवाको सचिवालयले जनाएको छ। सभापति देउवा र  राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको छ। उनीहरु दुई जनाबीच १५ मिनेट भेटघाट हुनेछ ।

त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ। राष्ट्रपति सी र प्रचण्डबीचको भेटमा पार्टीबीच हुने सहकार्य र दुई देशबीचको आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।

यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने रात्री भोजको निमन्त्रणा दिइएको छ । राष्ट्रपति सीसँग यादवको रात्रीभोजमै सामान्य भेटघाट हुने पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले बताएका छन। 

यता राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई पनि रात्रीभोजका लागि निमन्त्रणा गरिएको छ । राजपा नेपालबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव शनिबार साँझ सोल्टी होटलमा हुने भोजमा भने सहभागी हुनेछन् ।  

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

शनिबार

अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर

दिउँसो १२ः३० बजे स्वदेश फिर्ता 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved