चीनले काठमाडौ-केरूङ जोड्न सुरूङ मार्ग बनाइदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2019 | 05:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन सरकारले चीनसँगको सीमा नाका केरूङसम्म जोड्न ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलि (असोज २६) स्वदेश फर्कनु पुर्व अन्य सहमतिसंगै सुरुङ मार्गको पनि घोषणा हुने जनाइएको छ।

स्रोतकाअनुसार दुई खण्डमा निर्माण हुने सुरुङ मार्ग कहाँबाट सुरू गर्ने भन्ने विस्तृत अध्ययनपछि मात्र तय हुनेछ। पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ।

टोखा-छहरे खण्डको लम्बाइ चार किलोमिटर भएको अध्ययनले देखाएको छ भने बेत्रावती-स्याफ्रुवेंसी सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ। प्रारम्भिक अध्ययनले दुइटा सुरूङको लम्बाइ ३० किलोमिटर जति हुने देखाएको छ।    

प्रस्तावित सुरुङ मार्ग निर्माण भएपछि काठमाडौ-केरूङको लम्बाइ ८२ किलोमिटरमा झर्नेछ। अहिले बर्खामा पहिरोले अवरुद्द भईरहने काठमाडौ-केरूङबीच सडक यातायात बाह्रै महिना निर्वाध चल्नेछ।

काठमाडौ-केरूङ जोड्ने सुरूङ मार्ग डिपिआर निर्माणको चरणमा समेत प्रवेश नगरेकाले यसको लगानी कति भन्ने अहिले कुनै यकिन छैन। यद्दपी यस्तै भ बनोटमा निर्माण सुरू हुन लागेको नागढुंगा-सिस्नेखोला जोड्ने २.७ किलोमिटरको सुरूङ मार्ग निर्माण गर्न १४ अर्ब रुपैयाँमा जापानी कम्पनीले भर्खरै ठेक्का लिएको छ। यसलाई आधार मान्ने हो भने १६० अर्ब हाराहारीको लगानी लाग्ने अनुमान गर्न सकिन्छ।  यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। 

दुई बर्षअघि भारतले नाकाबन्दी लगाएको बेला नेपालले केरूङबाट तेल ल्याएको थियो। यसर्थ उक्त सुरुङ मार्गले नेपालको भू राजनीतिमा ठुलो अर्थ राख्नेछ।     

तस्विर: रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved