नेपाल चीन जोड्ने रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रासस

रासस

Oct 12, 2019 | 08:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी चिङफिङले नेपाल–चीन बीच जोड्ने रेल मार्गको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने घोषणा गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हिमाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन्। 

दुवै देशका शीर्ष नेताहरु सामेल रात्रिभोजमा राष्ट्रपति सीले केरुङ काठमाडौं जोड्न सुरुङ मार्ग निर्माणमा चीनको सहयोग हुने बताए । राष्ट्रपति सीले नेपाल भ्रमण वर्षलाई सहयोग गर्न चिनियाँ पर्यटक नेपाल पठाउन सहयोग गर्ने घोषणा गरे । सीले भने, “भूपरिवेष्ठित मुलुक हुनुको पीडाबाट मुक्त हुने नेपालकाे सपनामा हामी सहयोग गर्छौ ।” 

नेपाल र चीनको सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको भनाइ थियो। सीले नेपालमा पहिलो भ्रमण गरे पनि पुरानो मित्रहरुलाई भेटेर खुशी लागेको बताए ।

सीले कनेक्टिभिटीमा नेपाललाई सहयोग गर्ने बताए । राष्ट्रपति सी भन्दा अगाडि राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् । राष्ट्रपतिले केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग नेपालको सपना भएको बताएकी थिइन् । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीन विरोधी गतिविधि हुन नदिने समेत बताएकी छन् । 

दुई दिने राजकीय नेपाल भ्रमणमा आएका सी र राष्ट्रपति भण्डारी बीच शितल निवासमा वान टू वान वार्ता भएको छ । सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बीच एकल वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री केपी ओली सँग भेटवार्तामा दुई देश बीच दर्जन बढी सहमतिको तयारी भएको छ । राष्ट्रपति सी दिउँसो एक बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved