नेपाल चीन व्यापार समस्या समाधान गर्न समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 07:33:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल र चीनबीच व्यापारका क्रममा आउन सक्ने समस्या समाधान गर्न व्यापार सहजीकरण समिति गठन गर्ने समझदारी भएको छ । समझदारीअनुसार दुवै देशका वाणिज्य मन्त्रालयका सचिव उक्त समितिका संयोजक रहने छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त समझदारी भएको हो । 

समितिले दुई देशको व्यापारिक पूर्वाधारमा नभई व्यापारका क्रममा सिर्जना हुने समस्या समाधानमा पहल गर्ने छ।  समितिको कार्य क्षेत्र केही समयमै निर्धारण गरिने र आपसी समझदारीमा उपयुक्त समयमा बैठक हुने सहमति भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीन भारतपछिको सबैभन्दा ठूलो साझेदार हो । चालू आर्थिक वर्षको दुई महिनाको व्यापार तथ्याङ्कअनुसार नेपालले चीनबाट ४० अर्ब ५६ करोड रुपियाँको आयात र २९ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved