राजपा सांसदद्वारा विमानस्थलमा तोडफोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 02:42:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहले जनकपुरधाम विमानस्थलमा  तोडफोड गरेका छन् । जहाज ढिलो आएको भन्दै उनले  विमानस्थलमा रहेको  बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन्।

बिहान ११ः४० मा जहाज आउनु पर्नेमा दिउँसो १:३० सम्म पनि नआएपछि उनले आक्रोशित भएर काउन्टरमा लात हानेको स्वीकार गरेका छन् । जहाज ढिलो आउँदा एक विरामीलाई समस्या भएपछि आवेगमा आएर तोडफोड  गरेको उनले बताए 

साथै विमानस्थलको विशिष्ट कक्षमा राति  देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएको अवस्थामा रहेको र पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता नगरेको कारण पनि आफु आक्रोशमा आएको उनले बताए । 

साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको छ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारेका छन् । उनले यस विषयमा सबै यात्रुलाई जानकारी गराए पनि सांसद शाह एक्कासी तोडफोडमा उत्रिएको बताए

तोडफोड गरेका सांसद शाहलाई सुरुमा बुद्ध एयरले विमान प्रवेश मै रोक लगाएको थियो ।  प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले फोन संवादपछि सांसद विमान चढेर काठमाडौ आएका छन्। शाह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved