एनआरएन प्रतिनिधिले फुटाए विमानस्थलको अध्यागमन डेस्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 07:07:34 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन आएका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । आइतबार राति १२ बजेतिर अस्ट्रेलियाबाट क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका केही प्रतिनिधिले डेस्क तोडफोड गरेका हुन्। 

लामो लाइनमा बस्नुपरेको भन्दै उनीहरूले डेस्क तोडफोड गरेका हुन् । तोडफोडमा उत्रिएका एनआरएनए रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबारदेखि एनआरएनको नवौँ अधिवेशन काठमाडौंमा सुरु हुँदै छ । जसका लागि करिब १५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् । 

यो पनि : 

एनआरएनए को पत्रकार सम्मेलन: बेथितिको पराकाष्ठा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved