छोरा गुमाएका ७९ बर्षिय सिंह भन्छन: १२ बर्षपछि न्याय पाउने आश पलायो

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 15, 2019 | 09:05:07 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुरयाईएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका छन्।

अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिएका छन्। आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने बताएका छन्। म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट र्पुयाइएको छ। 

यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ। जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहलाई घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताए। ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुदैन भन्ने कुरा अब अदालतको निर्णय पछि थाहा हुने उनको भनाई छ। भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved