करचुक्ताको प्रमाणपत्र अनलाइनबाटै, आधिकारिकताबारे के भन्छ राजश्व बिभाग ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2019 | 11:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले अनलाइन मार्फत नै करचुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्था गरेको छ। बिभागको यस कार्यले करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।

कर चुक्तापछि विभागको वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गइ आफ्नो कर चुक्ता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने छन्। यद्दपी यसरी आएको प्रमाणपत्रमा कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भने नहुने विभागले प्रष्ट पारेको छ।  

कर तिर्न पाउने व्यवस्था सहज बनाउने उदेश्य अन्तर्गत कर तिरेपछि अनलाइन मार्फत नै प्रमाणपत्र लिन पाउने व्यवस्था गरिएको कर दाता सेवा शाखाका निर्देशक दुर्गादत्त भण्डारीले बिजपाटी डटकमलाई बताए।    

भण्डारीकाअनुसार कर चुक्ताको प्रमाणपत्र नभएकाहरुलाई सरोकारवालाले दिने दुख तथा करचुक्ताको प्रमाणपत्र बनाइदिन्छु भन्दै पैसा लिने बिचौलियाबाट साना व्यवसाय गर्ने करदातालाई बचाउन अहिले अनलाइन मार्फत नै प्रमाणपत्र लिन पाउने व्यवस्था गरिएको हो। 

'अनलाइन मार्फत प्राप्त प्रमाणपत्रले कर चुक्ता भएको देखाउन पर्ने ठाउँमा सहज हुन्छ' भण्डारीले भने, 'तर कसैलाई कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर सहितको प्रमाणपत्र चाहिन्छ भने उनीहरु सम्बन्धित कर कार्यलय नै पुग्नुपर्छ।' 

अहिलेलाई डे १ तथा डे २ मा सामेल व्यवसायीहरुको लागि यो सुविधा उपलब्घ गराइएको छ। बार्षिक २० लाखसम्मको कारोबार गर्ने डे १ अन्तर्गतका व्यवसायी तथा २० देखि ५० लाखसम्म कारोबार गर्ने तथा मुल्य अभिवृद्धि करमा दर्ता नभएका व्यवसायीले कर तिरेपछि अनलाइन मार्फत नै करचुक्ताको प्रमाणपत्र पाउनेछन। 

करचुक्ताको प्रमाणपत्र लिनको लागि कर कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउनलाई अहिलेको यो व्यवस्था लागू गरीएपनि पछि कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भएको प्रमाणपत्र अनलाइन मार्फत नै उपलब्ध हुने मेकानिजम समेत बन्ने भण्डारीले बताए। निर्देशक भण्डारीले यो बर्ष परिक्षण मात्र भएकाले यो ऐच्छिक भएको समेत बताए।   गत वर्षदेखि ठूला करदाता कार्यालयबाट यो सुविधा लागू गरिएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved